खुलामञ्चमा भातका लागि लाम लागेका जनता

गरिबको पक्षमा भाषण गर्ने नेता सिंहदरबार पुगे, भोका जनता थाल थाप्दै छन्
असार ०७५ मा पाँचतारे होटेल र्‍याडिसनमा प्रधानमन्त्रीले भनेका थिए, ‘अब देशको एकजना नागरिक पनि भोको छ कि छैन भनेर हामी हेर्छौं । कोही भोकै पर्ने छैन, कोही भोकै मर्ने छैन ।’ तर, रोजगारी गुमाएर भोकै परेका नागरिक टुँडिखेलमा एक–एक छाक खानको लागि लाइन लाग्दा वरिपरिबाट तुफान गतिमा गाडी कुदाउने कुनै नेताले चिहाएर हेरेका छैनन् ।

उपचारका लागि होइन, पिसिआरका लागि यो दु:ख

यी जनता रोजगारी माग्न जम्मा भएका होइनन्, उपचारको लागि पनि आएका होइनन् । कोभिड परीक्षण गरिपाऊँ– माग यत्ति हो । तर, दिनभर लाइन लाग्दा पनि पालो नआएपछि उनीहरू दुई–तीन रातदेखि यसरी पालो पर्खन बाध्य भएका छन् । के गर्नु ? यो देशमा महामारीविरुद्ध सरकारको बन्दोबस्त यस्तै छ ।

जो आँसुले मुछेर भात खाइरहेका छन्

रेस्टुराँमा कुक बन्दा आफ्नै हातले खाना बनाएर सयौँलाई खुवाए सञ्‍जीव राईले, अहिले त्यही जागिर पनि खोसिँदा खुलामञ्‍चमा दाताले दिएको खाना खाँदै प्राण धानिरहेका छन्

तातो सडकपेटीमा कोरोना संक्रमित

सागर चन्दटेकु अस्पतालले दिएको कोरोना पजिटिभको रिपोर्ट झोलामा छ । आँखा सुन्निएका छन् । फोक्सो नै फुट्ला जसरी खोक्छन् । सास फेर्दा घरघर आवाज आउँछ । ६२ वर्षीय सोमबहादुर लामा आइसियूमा स्वास्थ्यकर्मीको निगरानीमा हुनुपथ्र्यो, तर घामले तात्तिएको सडक किनारमा भेटिए । राजधानीको गौशाला र पुरानो बानेश्वरबीचको बत्तीसपुतली सडक । आइतबार मध्याह्न १२ बजेको चर्को घाम । कालो…

महामारीले बल्झायो देश नहुनुको पीडा

अधिकांश शरणार्थी निर्माण मजदुरको काम गर्छन् । जहाँ न ज्याला सुरक्षित न ज्यान । ‘काम पनि चाहिएको वेला पाइँदैन । काम पाइयो ज्याला समयमा पाइँदैन,’

महामारीमा बालबालिका : राहतको खाना खोजेर परिवारको भोक टार्दै

युनिसेफका अनुसार स्वास्थ्य तथा अन्य नियमित सेवा लकडाउनले रोकिएकाले नेपालमा चार हजारभन्दा बढी बालबालिकाको मृत्यु हुन सक्छ । आवश्यक स्वास्थ्य सेवा र खाद्यान्नको अभावमा बालबालिकाको मृत्यु हुन सक्ने खतरा युनिसेफले औँल्याएको छ ।

जसलाई लकडाउनले छेकेन

कोरोना सर्ने त्रासबीच मानिस सामान्य दैनिकीमा फर्किन प्रयासरत छन् । तर, सहरमा यस्ता मानिस पनि भेटिए, जसले आफ्नो दैनिकीमा परिवर्तन ल्याउन सकेनन् । सारा सहर सुनसान हुँदा पनि उनीहरू दुई छाक टार्ने संघर्षमा टिकिरहे ।

कोरोनाको संसार यात्रा

मान्छेको रौं भन्दा ९ सय गुणा सानो यो भाइरसले सारा संसार ठप्प पारिदिएको छ । यो भाइरसले हरेकचिज रोकिदिएको छ । मान्छेको जीवन कोठाभित्र बन्द गरिदिएको छ । मान्छेहरु आफ्नैै घरमा बन्दी जस्तै भएर बसेकाछन् ।

कोरोना त्रासले पनि रोकेन मजदुरको दैनिकी

बस्तिमा दैनिक तीन पटक प्रहरी गस्तिमा आउँछ । प्रहरी आएको चाल पाएपछि उनीहरु कारखानाका झ्याल ढोका बन्द गर्छन् । गलैंचाका बुन्दा आउने ढक ढक आवाज रोक्छन् । र, प्रहरीलाई झुक्याउँछन् ।